सहिदहरुको शालिक तोडफोड

सदरलाइन संवाददाता २२ माघ २०७९, आईतवार १५:०३
 

दाङ : दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौरा टोलमा रहेको सहिदको शालिक तोडफोड भएको छ । झिंगौराको मनकामना सामुदायिक वनमा राखिएकोजनयुद्धका क्रममा शहादत प्राप्त गरेका झिंगौराका तीनजना सहिदहरुको शालिक तोडफोड भएको हो ।

घटना सार्वजनिक भएपछि घोराही–१४ का वडाध्यक्ष भानसिंह बुढा, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख गजेन्द्र शाही, टोल विकास संस्थाका पदाधिकारी, वडाका पूर्वजनप्रतिनिधि, वन समूहका पदाधिकारीलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएको छ ।


पार्क क्षेत्रमा अनावश्यक व्यक्ति तथा दुव्र्यसनीहरुको आवतजावत बढ्दो हुने भएकाले उक्त क्षेत्र सुरक्षित एवं व्यवस्थित हुन नसकेको वन समूहका अध्यक्ष सुशीला चौधरीले बताए । उक्त क्षेत्रमा प्रवेश खुला रहेको शालिक राखिएको क्षेत्रमा तारबार नगरिएको तथा निगरानी गर्ने संयन्त्र समेत नहुँदा कसले तोडफोड ग¥यो भन्ने जानकारी नभएको चौधरीले बताए । वडाध्यक्ष भानसिंह बुढाले सहिदको शालिक तोडेर अपराध गरेकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गरे ।

सहिदका शालिक तोडफोडको घटनाप्रति दुःख व्यक्त गर्दै उनले शालिक मर्मत तथा तत्काल व्यवस्थापनका लागि आफूले काम गर्ने बताए । तोडफोड भएको शालिकलाई कपडाले छोपेर राखिएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका ओमभक्त चौधरी (विजय), लौटन चौधरी, पृथ्वी चौधरीको शालिक २०७८ चैत २४ गते पूर्वसभामुख कृष्णबहादुर महराले अनावरण गरेका थिए । यसैबीच सहिदका शालिक तोडफोड घटनाको चौतर्फी विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्बभन्दा कम

२२ माघ २०७९, आईतवार १५:०३
नेपालगञ्ज : पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ । चालु आर्थिक वर्ष २०७९–०८० को गत ६ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गतवर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ […]