२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

प्लानको जिल्ला परियोजना सल्लाहकार बैठक सम्पन्न



नेपालगञ्ज :  प्लान ईन्टरनेशनल नेपालले बाँकेमा विभिन्न संघ संस्थासंगको सहकार्यमा सञ्चलनमा रहेका कार्यक्रमहरुको जानकारी गराउने उद्देश्यले जिल्ला परियोजना सल्लाहकार बैठक सम्पन्न गरेको छ ।

जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्लानद्वारा बाँकेमा सञ्चालन गरिएको विभिन्न परियोजनाको समिक्षा गरिएको थियो । प्लान नेपाल क्षेत्रीय कार्यालय सुर्खेत प्रमुख मिना पराजुलीले प्लानले बाँकेमा बाँके युनेस्को क्लव, स्याक नेपाल र साथी संस्थासंगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र कार्यक्रमले पारेको प्रभाव, बर्तमान अवस्थाको बारेमा जानकारी गराएकी थिईन ।

उनले प्लानले बाँकेमा मानव बेचखिन बिरुद्ध, बालबालिका तथा किशोरी शशक्तिकरणको क्षेत्रमा विभिन्न खालका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिईन ।

यसैगरी प्लान नेपालका विनय ज्ञवाली र सन्तोष पुलामीले बाँकेमा प्लानको आर्थिक सहयोगमा विभिन्न संस्थाद्वारा सञ्चालन गरिएका परियोजना बारे विस्तृत जानकारी गराएका थिए ।

सो बैठकको अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले प्लान नेपालले बालअधिकार र बाल संरक्षण गर्न तथा वालविवाह रोक्नका गरेको सहयोग अतिनै लाभदायी भएको बताए ।

उनले प्लानका कारण बाँकेमा धेरै नेता भएको प्रसंग कोट्टयाउदै भने–‘ प्लान नेपालको योगदानको कारण नेतृत्व विकास हुन संभव भएको छ । यहाँ नेतृत्व लिनको लागि होडबाजी नै हुने अवस्थाको सृजना भएको छ ।’

उनले बाँके जिल्ला सीमानामा रहेकोले मानव बेचविखनको अतिनै उच्च जोखिम रहेकोले सो रोक्नका लागि पनि प्लानले विभिन्न संघसंस्था मार्फत निकै उपयोगी कार्यक्रम सञ्चालन गरेर ठूलो गुण लगाएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, जिल्ला समन्वय समिति बाँकेका समन्वय अधिकारी रेखा श्रेष्ठ, नेपालगञ्ज उपमहानगर महिला विकास अधिकृत प्रमुख पवित्रा पुरी, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका अधिकृत हिम कुमारी पुन, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि वेदेश्वर गौतम, महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक अमृता थापा र जिल्ला बालक्लब सञ्जाल बाँकेका संयोजक नैन्सी शाह लगायतले प्लानले सहयोग गरेका कार्यक्रमले बालबालिकामा ठुलो परिवर्तन आएको बताएका थिए ।

सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद सिद्दिकी, जिल्ला समन्वय समितिका सदस्यहरु सन्त कुमार चौधरी र रेवती परियार, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, साथी संस्थाकी सदस्य पवित्रा बोहोरा, बिग्रुपका सुर्य नेपाली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुस १ गते शुक्रबार
ताजा समाचार