नेपालगञ्ज–१२ कि भाट बनिन एक दिने महाशाखा प्रमुख

सदरलाइन संवाददाता २८ मंसिर २०७९, बुधबार १२:५८
 

नेपालगञ्ज :  ‘अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य’ भन्ने मुल नाराका ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत नेपालगञ्ज–१२ कि किशोरी सोनी भाट नेपालगञ्ज उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भएकी छन् ।

उनले सो महाशाखा प्रमुख शोभा शाहको स्थानमा ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत एक दिनको लागि महाशाखा प्रमुख बनेकी हुन । किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत गरिएका यस्ता कार्यक्रमले उनीहरुमा सकारात्मक उत्प्रेरण र उर्जा मिल्ने नेपालगञ्ज उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले जानकारी दिईन ।


‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत एक दिने महाशाखा प्रमुख बन्न पाउदा आफुमा पनि केही गर्न सक्छु भन्ने उत्प्रेरण मिलेको भाटले प्रतिक्रिया दिएको बाँके युनेस्को क्लवका सो कार्यक्रम फिल्ड सुपरभाईजर शंकरसिंह थारुले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलाको आर्थिक शसक्तिकरणमा लैंगिकताले पारेको प्रभावबारे चिन्तन

२८ मंसिर २०७९, बुधबार १२:५८
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न […]