बाँकेबाट समानुपातिकतर्फ लुम्बिनीमा ९ जनाको प्रतिनिधित्व

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:०५
 

नेपालगञ्ज : बाँकेबाट समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा ९ जनाको प्रतिनिधित्व हुने भएको छ । कांग्रेसबाट ४, एमाले २ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाबाट १÷१ जना समानुपातिक सांसद बन्ने भएका छन् ।

नेपाली कांग्रेसले बन्दसूचीबाट खसआर्यतर्फ माया पुन, थारु क्लष्टरमा सञ्जुकुमारी चौधरी, अल्पसंख्यकतर्फ सुशिला बादी र मुस्लिममा मिनाकुमारी सिद्दिकीको नाम निर्वाचन आयोगमा बुझाएको छ । यस्तै एमालेले खसआर्यबाट बसन्ती न्यौपाने र मुस्लिम कोटामा सायरो बानोको नाम आयोगमा बुझाएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीले नोरीकुमारी चौधरी, जनता समाजवादी पार्टीले अम्बिका काफ्ले र राप्रपाले मिनाकुमारी श्रेष्ठलाई सांसद बनाउने निर्णय गरेर आयोगसमक्ष नाम सिफारिस गरेको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमवार गरिने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याराथनका व्यवस्थापक शाहलाई कारबाहीको माग

२५ मंसिर २०७९, आईतवार १४:०५
नेपालगञ्ज : अनलाइन पत्रकार संघ नेपाल बाँकेले नेपालगञ्ज म्याराथनमा पत्रकारमाथि दुब्र्यबहार गर्ने आयोजक टिमका व्यवस्थापक सौगात शाहलाई कारवाही गर्न माग गरेको छ । प्रतियोगिताको समाचार संकलनमा गएका पत्रकारमाथि दुब्र्यबहार गरेर शाहले समाचार संकलनमा रोकसमेत लगाएको घटनाप्रति कडारुपमा भत्र्सना गर्दै संघले यस्तो माग गरेको हो । समाचार संकलनमा गएका पत्रकार रुद्र […]