भिनाजुले हानेको हँसियाले सालोको मृत्यु

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १३:१७
 

नेपालगञ्ज : भिनाजुको आक्रमणबाट सालोको मृत्यु भएको छ । भिनाजुले सालोलाई हानेको हँसियाले लाग्दा कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

५० वर्षीय गौरीलाल ढुङ्गानाले मंगलवार राती ९ बजे भण्डारीलाई हँसिया प्रहार गरेका थिए । हँसिया आक्रमणबाट अर्का एक जना सालो ४० वर्षीय जयराज भण्डारी समेत गम्भीर घाइते छन् । घाइते जयराजलाई कोहलपुरको अस्पताल ल्याएर उपचार थालिएको छ ।


हँसिया प्रहार गरेर हत्या गरेका भिनाजु ढुंगाना फरार रहेका छन् भने उनको खोजी कार्य भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अस्पताल मुगुमा छैन जीवनजल

२१ मंसिर २०७९, बुधबार १३:१७
नेपालगञ्ज : मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा […]

सम्बन्धित