काँग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

सदरलाइन संवाददाता १८ मंसिर २०७९, आईतवार १५:१०
 

बाजुरा : नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । थापाले २६ हजार ३ सय ४९ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४, जनसमाजवादी पार्टीका रामबहादुर शाहीले ७३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।


यस्तै बाजुराको प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित भएका छन् । यसैगरी प्रदेश सभा ख मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिविकोपार्जन सुधारका लागि कुखुरापालन तालिम

१८ मंसिर २०७९, आईतवार १५:१०
नेपालगञ्ज : ‘एक दिन होइन हरेक दिन अण्डा र मासु भान्छाको सान सर्वोत्तम प्रोटिन स्वस्थ जीवन’ भन्ने अभियानसँगै जिविकोपार्जन सुधार खाद्य सुरक्षा तथा गरीबी निवारण कार्यक्रम अन्तर्गतका किसानहरुलाई कुखुरा पालन तालिम संचालन गरिएको छ । कुखुरा बिकास फार्म खजुरा बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर १३ मा रहेका आर्थिक रुपमा […]