कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १२ मंसिर २०७९, सोमबार १४:०७
 

नेपालगञ्ज : कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुर बस्ने २२ वर्षीय जमालुदिन बेडुवालई प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा सोमबार प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार, बाँके जिल्ला अदालतले २०७८ फागुन २९ गते बेडुवालाई कर्तब्य ज्यान मुद्दामा २५ बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि उनी हालसम्म फरार रहेका थिए ।

उनलाई सोमबारनै बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

१२ मंसिर २०७९, सोमबार १४:०७
बर्दिया : आफ्नै श्रीमतीलाई कुटपिटगरि हत्या गरेको आरोपमा बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । प्रहरीका अनुसार बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । गम्भीर घाइते भएकी नानकलाको उपचारका लागि बर्दिया अस्पताल […]