मोटरसाइकल एक आपसमा ठोक्किदा बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ११ मंसिर २०७९, आईतवार १३:०९
 

नेपालगञ्ज : बाँकेको कुसुममा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका– १ चपरगौडिको उकालोमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किदा सल्यान सारदा नगरपालिका–२ बस्ने २७ वर्षका सुशिलसिंह थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २० वर्षकी रिया श्रेष्ठ र अर्का मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–३ बर्दिया बस्ने २५ वर्षका कृष्ण प्रसाद पौडेल घाइते भएका छन् ।


मृतक थापाले चलाएको रा ७ प ५५५४ र घाइते पौडेलले चलाएको ग २१ प ३२४८ नम्बरको मोटरसाइकल आइतवार बिहान ९ बजे तिर एक आपसमा ठोक्किएका थिए ।

घाइते दुबै जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्रगतिका कारण मोटरसाइकल एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुको बिदाई

११ मंसिर २०७९, आईतवार १३:०९
नेपालगञ्ज : इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आइतवार बिदाई गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको हो । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति […]

सम्बन्धित