समानुपातिकमा एमालेको अग्रता कायमै

सदरलाइन संवाददाता १० मंसिर २०७९, शनिबार १४:३७
 

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले शनिवार बिहानसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।


घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्व. श्याम थापा स्मृती फूटबल प्रतियोगिताको तयारी शुरु

१० मंसिर २०७९, शनिबार १४:३७
नेपालगञ्ज : स्व.श्याम थापा स्मृती फूटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु हुने भएको छ । खजुरा गाउँपालिका –१ सैनिक मैटहवा उच्च मा. बिको खेल मैदानमा हुनेछ । पश्चिम नेपालको चर्चित फूटबल खेलाडी श्याम थापा “हुइया” को सम्झनामा उनको गृह क्लब जय किसान स्पोर्ट्स क्लब सैनिकले दोस्रो स्व. श्याम थापा नकआउट […]