बाँके क्षेत्रनं. २ को दुबै प्रदेश सभामा जसपाका यादव र अग्रवाल विजयी

सदरलाइन संवाददाता ७ मंसिर २०७९, बुधबार १२:३०
 

नेपालगञ्ज  :  बाँकेको प्रदेश सभा–२ (क) र (ख) बाट जनता समाजवादी पार्टी (जसपा) का नेता भण्डारीलाल यादव र आदेश कुमार अग्रवाल विजयी भएका छन ।

नेकपा एमालेका विजयबहादुर यादवलाई २ हजार १ सय ४६ मतको अन्तरले पराजित गर्दै भण्डारीलाल निर्वाचित भएका हुन् । भण्डारीलालले ११ हजार ५ सय ४ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिद्धन्द्धी विजयले ९ हजार ३ सय ५८ मत ल्याएका छन् । नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् ।


यसैगरी बाँके २ ख मा जसपाका आदेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उनले एमालेका निरक गुरुङ्गलाई पछाडि पादै जित निकालेका हुन ।

अग्रवालले ८ हजार २ सय ४६ मत प्राप्त गरी विजयी हुँदा एमालेका गुरुङ्ग ६ हजार ७ सय ९ मत मै रोकिएका थिए । भने काँग्रेसका सुरेन्द्र हमाल ६ हजार ३ सय ४७ मत ल्याएर तेस्रो स्थानमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ३ क बाट एमाले खत्री विजयी

७ मंसिर २०७९, बुधबार १२:३०
खजुरा (बाँके) :  बाँके निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ३ (क) बाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । खत्रीले १३ हजार १ सय ५८ मत ल्याएका छन् । उनका […]