२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बँकेमा २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान



नेपालगञ्ज :  बाँकेमा २ बजेसम्म शान्तिपूर्ण मतदान जारी रहेको ३ वटै निर्वाचन क्षेत्रका प्रमुख मतदान अधिकृतको भनाई छ । बाँकेको ३ वटै निर्वाचन क्षेत्रमा दिउसो २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान भएको छ ।

क्षेत्रनं. १ का मुख्य निर्वाचन अधिकृत यमप्रसाद बास्तोलाले १ नं. क्षेत्रमा ५० प्रतिशत मतदान भएको जानकारी दिए ।

यसैगरी क्षेत्रनं. २ का मुख्य निर्वाचन अधिकृत धनसिंह महरले सरदर ५० प्रतिशत मतदान भएको जानकारी दिए । उनले यो सरदर आकडा निकालिएको बताए ।

बाँके निर्वाचन क्षेत्र नं. ३ का मुद्यय निर्वाचन अधिकृत प्रकाश भण्डारीले शान्तपूर्ण बताबरणमा ४२ प्रतिशत मदतान सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
ताजा समाचार