पाँच वर्ष नपछुताउनेगरी मतदान गर्न पूर्वमन्त्री राईको अपिल

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १४:०१
 

नेपालगञ्ज : जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गरेका छन् ।

पूर्व भौतिक योजना तथा यातायातमन्त्रीसमेत रहेका राईले नेपालगञ्ज १५ स्थित मतदान केन्द्रमा आइतबार बिहानै मतदान गरिसकेर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचन भएको भन्दै विवेकपूर्ण मतदान गर्न सबैलाई आह्वान गरेका हुन् ।


‘निस्पक्ष र भयरहित मतदान नै लोकतन्त्रको सुन्दर पक्ष हो । यो देशको लोकतन्त्रका लागि चुनाव एउटा महाकुम्भजस्तै हो। यो मतदानमा सहभागी भएर आफ्नो कर्तव्य निर्वाह गर्न म सबै मतदाताहरूलाई अपिल गर्दछु’ उनले भने ।

राईले आगामी ५ वर्षका लागि आफ्नो क्षेत्रको विकास, समृद्धि र समग्र देश अनि आफ्ना प्रदेशहरूको भविष्यका लागि मतदान गर्दा आफूले रोजेको र योग्य व्यक्तिलाई मत दिन पनि आग्रह गरे ।

‘आफूले चाहेको, रोजेको अनि आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि मतदान गर्नु हरेक मतदाताको कर्तव्य हो’ उनले भने ‘म सबै मतदाताहरूलाई आफ्नो विवेकपूर्ण मतदानका निम्ति आह्वान गर्दछु’ उनले भने ‘ताकि हाम्रो आफ्नै रोजाइ आगामी पाँच वर्षका लागि पछुतो नहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

४ मंसिर २०७९, आईतवार १४:०१
दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् । आइतबार तुलसीपुर १९ विजौरी स्थित जनता क्याम्पस मतदान केन्द्रमा मतदान गरेपछि उनले सो कुरा बताएका हुन् । देशमा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै उनले त्यो बलियो शक्ति हुने सामथ्र्य एमालेसँग मात्र […]