नेपालगञ्ज : २०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन पुरा गर्न सफल भएका छन् ।
पहिलो कार्यकालकालागी निर्वाचित हुँुदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो बिस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा बिद्युतीकरण गर्ने बाचा गरेका थिए ।
त्यस्तै जिल्लाको समग्र बिकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिचाईको काम अगाडी बढाउनुका साथै पुर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पु¥याउने जस्ता संकल्प गरेका थिए । आफुले गरेका सबै संकल्प पुरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालीन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्र्याउन सफल भएका छन् ।