नबिल बैंकको कोहलपुर शाखामा आगलागी

सदरलाइन संवाददाता ३० कार्तिक २०७९, बुधबार १३:०९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बुधवार बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।


उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका अध्यक्ष चौधरीको ‘मनोमानी’ विरूद्ध कार्यपालिका सदस्य

३० कार्तिक २०७९, बुधबार १३:०९
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पालिकाका काम–कारबाहीमा एकलौटी गरिरहेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन् । केही दिनअघि अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गरेर प्रतिपक्षी दलका वडाअध्यक्षहरूले आफ्ना कामहरूमा अवरोध गरेर गाउँपालिकालाई ‘बन्धक’ बनाएको आरोप लगाएका थिए । त्यसपछि कार्यपालिकाका सदस्यहरूले बुधबार एउटा सामूहिक विज्ञप्ति निकालेर त्यो आरोपलाई […]