बाँके क्षेत्रनं. २ का स्वतन्त्र उम्मेदवार राई नलकामा मत माग्दै घरदैलोमा

सदरलाइन संवाददाता २७ कार्तिक २०७९, आईतवार १३:२६
 

नेपालगञ्ज :  आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार समसुल हक राईले आफ्नो प्रचार अभियान तीब्र पारेका छन् ।

अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले झै तडक भडकमा विश्वास नगर्ने उम्मेदवार राईले आफ्नो चुनाव चिन्ह नलकीमा विश्वास गरी मतदान गर्न अपिल समेत गरेका छन ।


उनले आफु निरन्तर आफ्ना निर्वाचनका एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेको बताए । उनले भने–‘ जनताको काम र जनताको विकास प्रतिको जिज्ञासाको लागि म आफ्नो एजेण्डा बोकेर चुनाव चिन्ह नलका को साथ घरदैलोमा छु । अवस्य पनि जनताले मेरो मुल्याङ्कन गर्ने छन ।’

उनले तडक भडकमा विश्वास नगरी जनताको सेवक र जनताको कुरा सुन्न योग्य उम्मेदवारलाई चुन्नको लागि अपिल समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

२७ कार्तिक २०७९, आईतवार १३:२६
दाङ : दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ […]