सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १३:५७
 

सुर्खेत : सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचार–प्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


“निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन”, उनले भने, “मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।”

उक्त निर्णयको पूर्ण परिपालना गर्न गर्न–गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रजिअ रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

२६ कार्तिक २०७९, शनिबार १३:५७
दाङ : दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको […]