२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन बाँके प्रशासनलाई निर्देशन



नेपालगञ्ज : निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक सामग्री प्रदर्शन गर्न पाइदैन । तर जनता समाजवादीले आचारसंहिताविपरीत फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको हो ।

प्रकाशित मिति : २०७९ कात्तिक २५ गते शुक्रबार
ताजा समाचार