नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल र प्रदेश सभा २(क) का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।
दुबै जनाले नेपालगञ्जमा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारद्धय खनाल र रौनियारलाई हिन्दुवादी संस्था शिव सेनाको सर्मथन रहेको छ । पत्रकार सम्मेलनमा उम्मेदवार खनालले आफु हिन्दुधर्मको प्रतिनिधित्व गरेर चुनावी मैदानमा होमिएको बताए ।
हिन्दुधर्ममाथि प्रहार भइरहेको भन्दै निर्वाचित भएपछि संघिय संसदमा हिन्दु धर्मबारे आफुले बोल्ने बताए । आफ्नो जित्ने आधार भनेको नै हिन्दु धर्मावलम्बीहरुको मत रहेको बताए । मतदान गर्दा हिन्दु धर्मावलम्वीहरुले एकपटक गहिरिएर सोच्नुपर्ने उनको भनाई छ ।


