बाँकेमा कांग्रेस उम्मेदवारको दौडधुप बढ्यो

सदरलाइन संवाददाता २० कार्तिक २०७९, आईतवार १३:२०
 

नेपालगञ्ज : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउन १४ दिन बाँकी रहँदा उम्मेदवारहरुको दौडधुप बढेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरुले आज पनि विहानैदेखि घरदैलो र भेटघाटलाई निरन्तरता दिएका छन् ।

कांग्रेस उम्मेदवारहरुले आइतवार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा घरदैलो गरेका छन् । वडा नम्बर १२ का मुक्तिपुर र कोरियनपुरमा घरदैलो गरिएको छ । २(२) का प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रबहादुर हमाल ले रुख चुनाव चिन्हमा मतदान गरी प्रतिनिधिसभाका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभामा आफूलाई जिताउन आग्रह गरे ।


घरदैलोमा कांग्रेस नेता सुनिल नरसिंह राणा, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्रीय सचिव सुनिलसिंह हमाल र प्रदिप साहु, तरुण दल अध्यक्ष विरेन्द्र शाह लगायत सहभागी भएको वडा सचिव सुकराम ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं. २ मा राप्रपा र एमालेको चुनावी माहोल बन्दै

२० कार्तिक २०७९, आईतवार १३:२०
नेपालगञ्ज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं २ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ । नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणा, प्रदेश क […]