कँडेलको प्रतिबद्धता पत्र सार्वजनिक

सदरलाइन संवाददाता १८ कार्तिक २०७९, शुक्रबार १३:५५
 

सुर्खेत : नेकपा एमालेका स्थानीय कमिटी सदस्य, कर्णाली इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) बाट उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

शुक्रबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्न उम्मेदवारी दिएको बताएका छन् । कँडेलले समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार सुशासनका पहरेदार, विकासका योजनाकार कर्णाली आशा, सुर्खेतको भरोसा भन्ने मुल नाराका साथ २८ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।


साथै उनले संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक विकास गरिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानको लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

साथै वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने, वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरि कार्यान्वयनमा जोड दिइने, घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा अवैध हतियार नभित्रिएको प्रशासनको भनाई

१८ कार्तिक २०७९, शुक्रबार १३:५५
नेपालगञ्ज : नेपालगञ्जमा अबैध हतियार पड्काउँदा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र सिडिओ सूर्यबहादुर खत्रीले हतियार नभित्रिएको भन्दै आफ्नो बचाउ गरेका छन् । नेपालगञ्जको मुटु एवम ब्यस्त बजार त्रिभुवन चोकमा कार्तिक ६ गते आईतबार मध्यराति गोली चलेको थियो । नेपालगञ्जका दुई आपराधिक गिरोहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई […]