सुर्य ढकालको पक्षमा कोहलपुरका जनता

सदरलाइन संवाददाता १७ कार्तिक २०७९, बिहीबार १३:२२
 

कोहलपुर (बाँके) : नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दै बिहीवारबाट संयुक्तरूपमा घरदैलो अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा घरदैलो गरिएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा (ख) दुर्गा प्रसाद चौधरिले नगरका बिभिन्न टोल र बसपार्क क्षेत्रमा घरदैलो अभियान शुरु गरेका हुन् ।

घरदैलोका क्रममा उम्मेदवार ढकालले यस क्षेत्रलाई राष्ट्रिय राजनीति विकासमा जोढ्ने बताए । उनले कोहलपुरका मतदाता समक्ष पुरानोलाई धेरै हेरियो यसपटक नयाँ अनुहारलाई एक पटक मतदान गर्न आग्रह गरे ।

उनले राष्ट्रलाई संकटबाट जोगाउन र संविधानको रक्षा गरि समग्र नेपालको विकासका लागि राप्रपासङ्ग मित्रता गास्दै तालमेल भएको बताए । उम्मेदवारसहित घरदैलो अभियानमा निस्किएपछि कार्यकर्ता र मतदाताहरु नाम पनि सुर्य छाप पनि सुर्य भन्दै नयाँ अनुहार युवा नेता सुर्य ढकाल जिताउ, दुर्गा प्रसाद चौधरीलाई जिताउ भन्दै ब्यापक जनसमर्थनसहित उत्साहित हुँदै चुनावी अभियानमा होमिएका छन् ।


यस्तै आफ्नै वडाको युवा उम्मेदवारलाई केन्द्रको नेता पाउँदा निकै उत्साहित भएकाले यस पटक हामी जस्ता बुढाबुढिलाई पाल्ने पाटिको बाबुलाई मतदान गर्न आतुर भएको बताउँछिन् । स्थानिय रेवती गिरी उनी खुसी हुँदै भन्छिन बाबू हाम्रा मतले जितेसी वृद्धभत्ता ५ पुर्याउनु होला ।

यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दुर्गा प्रसाद थारुले कोहलपुरको समग्र बिकास र समृद्धीकालागी सुर्यमा मतदान गरि आफुहरुलाई जिताउन आग्रह गरे । उनले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभइ समग्र कोहलपुरबासिको हुनुपर्ने बताउँदै स्थानिय जनताको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

बिहीवारबाट शुरु भएको घरदैलो अभियानका क्रममा स्थानियहरुले यस पटक एक पटक नयाँ अनि युवा उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताउँदै स्वतस्फूर्त घरदैलो अभियानमा सामेल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाअध्यक्ष ओलीद्वारा विपन्न बालबालिकालाई स्टेशनरी र पोषाक सहयोग

१७ कार्तिक २०७९, बिहीबार १३:२२
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउपालिका वडान २ का वडाअध्यक्ष ज्ञानेन्द्र राज ओलीले आफ्नो तलब भत्ताबाट सोही वडाका विपन्न बालबालिकालाई विद्यालय पोषाक र स्टेसनरी सहयोग गरेका छन । उनले आफ्नो जनप्रतिनिधि वापत आउने तलब भत्ताबाट नेपाल आधारभुत विद्यालय महेन्द्रपुरमा अध्ययनरत रहेका १५ जना बिपन्न छात्राछात्रलाई विद्यालयको पोषाक, आवश्यक कापी कलमलगायतका स्टेशनरी […]