शोकमा नेपालगञ्ज उपमहानगरपालिका बन्द

सदरलाइन संवाददाता १४ कार्तिक २०७९, सोमबार १३:१५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडा कार्यालयहरु आज शोकमा बन्द गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को सरसफाई शाखामा कार्यरत कुचीकार तारादेवी बाल्मिकीको निधनको शोकमा अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गरिएको प्रबक्ता प्रमोद रिजालले बताए । बाल्मिकीको उपचारका क्रममा गत ११ गते निधन भएको थियो ।


प्रबक्ता रिजालले सोमवार एक शोक बक्तब्य जारी गर्दै मृतक आत्माको चीर शान्तिको कामना गदैै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाताको आशिर्वाद लिँदै स्वतन्त्र उम्मेदवार खनाल

१४ कार्तिक २०७९, सोमबार १३:१५
नेपालगञ्ज : बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानीयहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभएसम्म कसैको चिया खाजा नखाने बताएका छन् । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा […]