बाँकेमा जसपा प्रवेश गर्नेहरू बढ्दै

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १४:२५
 

नेपालगञ्ज : चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बढ्दै गएको छ । सोमबार बिहान नेपालगञ्ज वडा नं ९ का युवाहरू जसपा प्रवेश गरेका छन् ।

विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपामा बढिरहेको आकर्षणसँगै पार्टीलाई निर्वाचनमा जिताउन भूमिका खेल्न आग्रह गरेका थिए ।


‘चुनाव अब नजिकिइसकेको छ । अरूलाई गाली गलौज गर्नुभन्दा पनि पार्टी र उम्मेदवारहरूले गरेका विकासका कामहरूको प्रचार गर्नुहोस्’ मन्त्री राईले उनीहरूलाई भनेका छन् ‘अरूको विरोध होइन आफ्नो कामको प्रचार र अब पनि जनतासँगै रहनेछौं भन्ने विश्वास दिलाउनु पर्छ ।’

आइतबार पनि विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किस्मतलाई ब्रम्हचारी बाबाको आशिर्बाद

७ कार्तिक २०७९, सोमबार १४:२५
नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार किस्मतकुमार कक्षपतिलाई डलईपुरका बाबाले आशिर्वाद दिएका छन् । सोमवार चुनावी प्रचारप्रसार अभियान कै क्रममा प्रतिनिधि सभाका उम्मेद्वार किस्मतलाई ब्रम्हचारी बाबा मजाकी दाशले आशिर्बाद दिएका हुन् । खजुरा गाउँपालिकाको वडा नं. ५ स्थित बसन्तपुर, डलईपुर र उढरापुरमा […]

सम्बन्धित