नरैनापुरका डुवान तथा बाढी पीडितको अवस्था बुझ्दै नमूना

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार ०९:३४
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुरका बाढी प्रभावित जनतासँग माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले भेटघाट तथा छलफल गरेकी छिन् ।

उनी लगातारको वर्षातको कारण डुवानमा परेको नरैनापुरका सबै वडामा पुगेर बाढी प्रभावित तथा स्थानीयसँग छलफल गर्नुको साथै बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा विषेश चासोको साथमा नरैनापुर पुगेकी हुन । सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छन् ।

बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उनको टिकट पाएकी थिइन् । नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनेर समाधानको समेत पहल गर्दै आइरहेकी छन् ।

स्थानीयहरुका समस्या सुनेपछि उनले राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको जानकारी गराएकी थिइन् । छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नतर्फ आफु केन्द्रित रहेको बताइन् ।


स्थानीयहरुले समेत अहिलेसम्म कुनै पनि नेताहरु आफुहरु कहाँ नआएको भन्दै पहिलोपटक नमुना आएको भन्दै धन्यवाद दिएका थिए । ‘अहिलेसम्म हाम्रा समस्या सुन्न कोही पनि आएका थिएनन’ स्थानीय उमा मुकेरीले भनिन्, ‘पहिले पनि तपाई हाम्रो घरदैलोमा आइरहनुहुन्थ्यो । अहिले बाढी आएको बेला आउनुभएको छ । तपाईलाई हाम्रो तर्फबाट धन्यावाद दिन चाहान्छौं ।’

स्थानीयहरुले नमुनाले अग्रिम विजयको शुभकामना समेत दिएका थिए । पहिलोपटक प्रदेश सांसद भएको बेला नमुनाले नरैनापुरमा बर्षौदेखि नपुगेको पक्की सडक र बिजुली पु¥याएकी थिइन् ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बाढी प्रभावित क्षेत्रका बालबालिका भाइरल ज्वरोबाट प्रभावित

२९ आश्विन २०७९, शनिबार ०९:३४
नेपालगञ्ज : केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएको अस्पतालहरुले बताएका छन् । असोजको शुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ । केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको […]