बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए

सदरलाइन संवाददाता २६ भाद्र २०७९, आईतवार १३:३९
 

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ ।

बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गएपनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए ।


शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोजी कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति

२६ भाद्र २०७९, आईतवार १३:३९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सक्रिय बनेको छ । विभिन्न विषयसंग सम्बन्धित समस्याहरुको समाधान गरी पाउँ भनी न्याय निरुपणका लागि परेका निवेदनहरु उपर कारवाही शुरु गरेर न्यायिक समितिले सक्रियता बढाएको हो । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावबाट नगर उपप्रमुख निर्वाचित भएर आएका कमरुद्दिन राईले न्यायिक समितिलाई […]

सम्बन्धित