नेपालगञ्ज : सरकारले हलिया मुक्ति घोषणा गरेको १४ वर्ष पूरा भएको छ । २०६५ साल भदौमा हलिया प्रतिनिधि र सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ ।
सरकारले सहमति र प्रतिबद्धता गरेअनुसार हलिया पुनस्र्थापनाको काम भने हुन सकेको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनःस्थापनाको पर्खाइमा छन् ।
नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका तीन गरी १२ जिल्लामा प्रमाणीकरणमा परेका मुक्त हलिया १६ हजार ९ सय ५३ रहेका छन् ।
तीमध्ये अहिलेसम्म १३ हजार ५ सय ४६ घरघुरीले पुनःस्थापन प्याकेज प्राप्त गरेका छन् । ३ हजार ४ सय ७ परिवार अझै पुनःस्थापनको पर्खाइमा छन् ।