अछाम कारागारमा एक कैदीको मृत्यु

सदरलाइन संवाददाता ७ भाद्र २०७९, मंगलवार १३:५१
 

नेपालगञ्ज : जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका–५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।


जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

७ भाद्र २०७९, मंगलवार १३:५१
नेपालगञ्ज : नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती […]

सम्बन्धित