बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भुकम्प गयो

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १३:४८
 

नेपालगञ्ज : बाँकेमा केन्द्रविन्दु भएर शुक्रवार राती १ बजेर २८ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर गएको उक्त भुकम्पको धक्का पश्चिम नेपालका अधिकांश ठाउँमा महशुस गरिएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । कृष्णाअष्टमीको रात भएकाले अधिकांश जाग्राम बसेका थिए ।


भुकम्पको धक्कापछि उनीहरु घरबाहिर निस्किएका थिए । बाँकेमै केन्द्र विन्दु भएर भुकम्प गएकाले नेपालगञ्जमा बढी धक्का महशुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर बाँकेमा बाबु–छोराको मृत्यु

४ भाद्र २०७९, शनिबार १३:४८
नेपालगञ्ज : नेपालगञ्जमा शनिवार करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का करिब ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । छोरा बब्लुलाई […]

सम्बन्धित