सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई फरक पर्दैन : इन्चार्ज थापा

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १५:०७
 

नेपालगञ्ज : नेकपा एमालेका युवा नेता, पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले सत्तापक्षको सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने बताएका छन् ।

पुर्ब नवलपुरदेखि कैलालीको टिकापुर सम्म छरिएररहेका सम्पुर्ण प्युठानीहरुबिच भावनात्मक सम्बन्ध विकास होस भन्ने हेतुले भेटघाटका निम्ति जिल्ला दौडाहमा रहेका थापाले प्रेस चौतारी बांकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

साझा मनोभाबको बिकास होस भन्ने चाहाना बमोजिम बिभिन्न पेशा ब्यबसाय एवं बसाइसरी आएका प्युठानीहरुलाई एउटै शुत्रमा गोलबद्घगरि साझा धारणा निर्माण गर्ने र छरिएर रहेकाहरुको बिचमा भाइचाराको सम्बन्धबिचमा सुमुधुरता ल्याउन आफु जिल्ला दौडाहमा रहेको थापाले पत्रकार भेटघाटमा भने ।

लोकत्रन्त्रको जिबन्त हिसाब आबधिक निर्बाचन भएकाले निर्बाचनको मिती घोषणा हुनु स्वागतयोग्य कुरा रहेको औंल्याउँदै नेता तथा प्युठान जिल्ला इन्चार्ज थापाले निर्बाचन घोषणसंगै अब सरकार काम चलाउ भएको टिप्पणी गरे ।

निर्बाचनलाई सरकारले आफनो कर्तब्य र दायित्व बुझोस प्रमुख प्रतिपक्षसंग सत्ता पक्षहरु तर्सिएका छन अपबित्र गठबन्धन, सिद्घान्त र निती बिहिन हार्नेहरुलाई जिताउन कै निम्ति एमाललेलाइ सामुहिक प्रहारमा सत्ता पक्ष लागेको औंल्याउदै थापाले संघिय लोकतन्त्रात्रिक ब्यबस्थामा बिश्वमा कहि नभएको प्रतिपक्ष हराउन सत्तापक्ष गठबन्धनमा जानु आफैमा हारको मानसिकता र अस्तित्व नरहने डर र भयले सत्तापक्षहरुले बिभिन्न आकडा निकाल्न थालेको चर्चा गरे ।


साझा मनोभाबको बिकास होस भन्ने चाहाना बमोजिम बिभिन्न पेशा ब्यबसाय एबं बसाइसरी आएका प्युठानीहरुलाई एउटै शुत्रमा गोलबद्घगरि साझा धारणा निर्माण गर्ने र छरिएर रहेकाहरुको बिचमा भाइचाराको सम्बन्धबिचमा सुमुधुरता ल्याउन आफु जिल्ला दौडाहमा रहेको थापाले पत्रकार भेटघाटमा भने ।

उन्ले सिद्धान्तबिहिनहरुले एमालेको लहर देखेर गठबन्धन नभई गुठबन्धन गरिरहेका दलहरुलाई अब जनताले उनीहरुको निरहिता देखाइदिनेछन यस्ता तिक्डम र घेराबन्दिले एमाललेलाई कुनै फरक नपर्ने बताए ।

दलिए गठबन्धनका बिचमा पनि एमाले लोकप्रिय मतले अगाडि नै रहेको चर्चा गर्दै थापाले राष्ट्रियता, जनताको जनजिबिकाहरुलाई जोडदै राष्ट्रिय एजेण्डा कार्यान्वयनमा एमाले लामबद्घ भएको छ ।

एमालेको लोकप्रियता देखेर सत्तापक्षहरुलाई औडाह भएको छ । चुनाब पछि यो औडाह झन बढेर जानेमा दुई मत छैन राम्रो काम र एजेण्डा लिएर एमाले चुनाबमा होमीने छ र एमाले सरकारमा रहँदा भएका अधुरा कामहरु पुरा गर्न बहुमतका साथ फेरी एमाले सत्तामा जाने छ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ

२२ श्रावण २०७९, आईतवार १५:०७
सुर्खेत : जिल्लाको वीरेन्द्रनगरबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार बिहान ८ बजे उक्त फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीया वविन शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो […]