विपन्न महिलाका लागि तीन महिने कटाई–सिलाई तालिम सुरु

सदरलाइन संवाददाता ९ श्रावण २०७९, सोमबार १३:०७
 

नेपालगञ्ज :  नेपालगञ्जका २० जना अति विपन्न महिलाका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा तीन महिने कटाई सिलाई तालिम सुरु गरेको छ ।

क्लवले अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने कटाई सिलाई तालिम आयोजना गरेको हो ।

एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य किरातले कटाई सिलाई तालिम लिएर त्यसलाई व्यवसायिक रुपमा अंगालेमा सानो समयमै आर्थिक समस्या समाधान हुने बताए ।
उनले यो तालिमले २० परिवारको आर्थिक अवस्था सुधारेर घर परिवार चलाउन सहज बनाउने पनि विश्वास व्यक्त गरे ।


नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपकले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको बताए । क्लबका प्रमुख संरक्षक सिद्दिकीले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिए ।

तलिम समापनपछि हरेक सहभागिलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र दस मिटर कपडा उपलब्ध गराइने कार्यक्रम अधिकृत गुलाम गौसले जानकारी दिए । बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

९ श्रावण २०७९, सोमबार १३:०७
नेपालगञ्ज : पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५२६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको मृत्यु भएको जिल्ला […]