भारतीय कुखुरा रोक्न व्यवसायीहरुको प्रशासनसँग अनुरोध

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १५:१०
 

नेपालगञ्ज : कुखुरा व्यवसायीले भारतीय रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेका छन् । भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले शुक्रवार बिहान आफैले केही पसलको अनुगमन गरेका थिए । त्यसक्रममा धेरै ठाउँमा भारतीय कुखुरा ल्याएर काट्ने गरेको पाइएको व्यवसायीहरुको भनाई थियो ।

केही भारतीय कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका छन् । कुखुरा व्यवसायी संघ, बाँकेका अध्यक्ष ईश्वर सुवेदीले भारतीय कुखुराका कारण आफूहरु समस्यामा परेको बताए ।


बाँकेको खुल्ला नाकाबाट अवैध रूपमा भित्रिने कुखुरा मासु काठमाडौँसम्म पुग्ने भएकाले यो नाकामा कडाई गरिदिन नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले आग्रह गरे । काठमाण्डौ र चितवनबाट आएका कुखुरा व्यवसायीले बाँकेबाट भित्रिएको कुखुरा र मासुका कारण देशभर नै असर परेको बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नाकामा थप कडाई गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीपीको ४० औँ स्मृति दिवस बाँकेमा मनाइयो

६ श्रावण २०७९, शुक्रबार १५:१०
नेपालगञ्ज : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४० औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी बाँकेमा मनाइएको छ । २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बन्नुभएका कोइरालाको स्मृति दिवसका अवसरमा काँग्रेस बाँकेले अन्तरक्रिया, वीपीको शालिकमा माल्र्यापण तथा बृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई […]