बाँकेमा लागुऔषध मुद्दाका फरार २ जना पक्राउ

सदरलाइन संवाददाता २ श्रावण २०७९, सोमबार १३:३०
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं.१० बस्ने २० वर्षीय सुदिप चौधरी र वडा नं.१५ बस्ने ३२ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

सुदिप चौधरीमाथि बाँके जिल्ला अदालतको मिति २०७८ माघ ३० गतेको फैसलाले लागू औषध मुद्दामा २८ दिन कैद र अजयकुमार चौधरीमाथि जिल्ला अदालतको मिति २०७८ मंसिर ०८ गतेको फैसलाले लागुऔषध मुद्दामा ९ महिना २१ दिन कैद सजाय तोकिएको थियो ।


उक्त सजाय पश्चत उनीहरु दुवै जना यसअघिसम्म फरार रहेको बाँके प्रहरीले जनाएको छ ।

दुवैलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउनको पहिलो सोमबार : बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुईंचो

२ श्रावण २०७९, सोमबार १३:३०
नेपालगञ्ज : साउन महिनाको आज पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । नेपालगञ्जको बागेश्वरी लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो छ । अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि बागेश्वरी लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला […]

सम्बन्धित