नेपालगञ्ज : गुरु पुर्णिमाको अवसरमा योग समिति नेपालका तर्फबाट योग गुरुप्रति सम्मान प्रकट गरिएको छ ।
योग प्रशिक्षण क्रियाशिल समितिका तर्फबाट बुधवार औपचारिकरुपमा कार्यक्रम गरि योग गुरु गिरिराज भट्टराईलाई सम्मान पत्र र फूलमालासहित सम्मान गरिएको हो ।
नियमित योग प्रशिक्षण शुरुवात गरि निरोगी बनाउन महत्वपूर्ण योगदान पुर्याएवापत योगगुरु भट्टराईलाई गुरु पुर्णिमाकै दिन सम्मान गरिएको हो । कार्यक्रम संयोजक जगदिश चन्द्र तिमिल्सेना र सचिव निर्मला शाह लगायतले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका हुन् ।