नेपालगञ्ज : नेपालगञ्ज न्यूरोड स्थिति भानुभक्त चोकमा २०९ औं भानु जयन्ती समारोह सभ्य र भब्य तवरले मनाईएको छ ।
भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति एवं भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेको संयुक्त आयोजनामा भब्य र सभ्य रुपमा २०९ औं भानु जयन्ती समारोह बुधबार मनाईएको हो ।
नवनिर्मित भानुभक्ताको प्रतिमालाई प्रमुख अतिथिमार्फत माल्यर्पण गरेर मनाईएको २०९ औं भानु जयन्ती समारोहमा भानुभक्त आचार्यको जीवनबारे साहित्यकार हरि तिमिल्सिनाले प्रकाश पारेका थिए ।
कार्यक्रममा भानुभक्तचोक संरक्षण तथा व्यवस्थापन समितिका कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार तथा लेखक सनत रेग्मी, साहित्यकार किरण कोइराला, खगेन्द्र गिरी “कोपिला” समाजसेवी मधु सुदन शर्मा, नरेन्द्र पिटरलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा भानु चोक निर्माणमा सहयोग पुर्याए वापत विभिन्न सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।