२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपालगञ्ज उपमहानगरको सार्वजनिक सुनुवाई सम्पन्न



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले पालिकाले प्रवाह गर्ने सेवा सुविधाबारे सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर जानकारी प्रदान गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहकार्यमा मंगलवार भएको सार्वजनिक सुनुवाईमा नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाले प्रवाह गरेको सेवा सुविधा र भावी योजनाहरुबारे जानकारी गराएका थिए । उनले नेपालगञ्ज उपमहानगरपालिकाको समग्र विकासका लागि अवको योजना केन्द्रित भएको बताए ।

नेपालगञ्जको नाला, ढल, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्नेगरी योजना बनाइएको बताए ।

नगर उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्ज उपमहानगरपालिकालाई विकसित शहरका रुपमा स्थापित गरिने बताए । उनले आर्थिक अवस्था कमजोर भएका नगरबासीका लागि सीपमुलक तथा आयआर्जन मुलक कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा नगरबासीले नेपालगञ्ज उपमहानगरपालिकाले प्रवाह गर्ने सेवाहरुलाई पारदर्शी र जवाफदेहि बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २८ गते मंगलबार
ताजा समाचार