बाँकेमा राप्ती नदीले खतराको सतह पार गर्यो

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १५:०८
 
फाइल तस्बिर

नेपालगञ्ज : बाँकेमा राप्ती नदीले खतराको सतह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार शनिवार दिउँसो २ः२० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ६२१ सेन्टिमिटर पुगेको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।


राप्ती नदीले खतराको सतह पार गरेपछि कुसुमस्थित बाढी मापन केन्द्रमा खतराको साइरन बजाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रेष्ठले भेरीका चिकित्सकहरुको मानमर्दन गरेको आरोप

२५ असार २०७९, शनिबार १५:०८
नेपालगञ्ज : भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले आफ्नो पदीय क्षेत्राधिकार भन्दा बाहिर गएर अस्पतालका बरिष्ठ चिकित्सकहरुको मानमर्दन गरेको भन्दै नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ । संघका सचिव डा.दिनेश कुमार चौधरीद्धारा आज जारी विज्ञप्तीमा सदस्य श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत् संघका आजिवन सदस्यसमेत रहेका भेरी अस्पतालका बरिष्ठ सर्जन […]