२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

मानव धर्म सेवा समितिद्वारा शैक्षिक सामग्री वितरण



नेपालगञ्ज : नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती क्षेत्र नेपालगञ्जले शिक्षा अभियानअन्तर्गत श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

चोैलानी पुस्तक पसल कारकादोले उपलब्ध गराएको झोला र स्टेशनरीलगायतका शैक्षिक सामग्री नेपालगञ्ज २० मनिकापुर नयाँ बस्तीमा रहेको विद्यालयलाई वितरण गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती नेपालगञ्जका म. चादना बाइजीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा न.२० का वडाध्यक्ष कोैशलकुमार धोबी, विद्यालयका प्रधानाध्यापक भावना शाह, म. संगिता बाइजी, नवराज सापकोटा, राजकुमार योगी, मोहन चन्दको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा वडाध्यक्ष धोबीले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार
ताजा समाचार