नेपालगञ्ज : जननेता स्व. मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनबाद (जवज) नोपलका लागि मात्रै नभई बिश्वमै लोकतान्त्रिक रहेको एमाले नेताहरुले बताएका छन् । स्व. भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेताहरुले उक्त कुरा बताएका हुन् ।
प्रेस चौतरी बाँकेले मंगलबार आयोजना गरेको जनताको बहुदलीय जनबाद र अभिव्यत्तिः स्वतन्त्रता विषयक अन्तर संबाद कार्यक्रमा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा बाँके पार्टी इन्चार्ज सुर्य ढकालले जनताको बहुदलीय जनबादले कम्यनिष्ट पार्टीमा पनि लोकतन्त्रिक व्यस्था परिकल्पना गरिएको बताए ।
संसारका विभिन्न देशहरुमा एउटै कम्युनिष्ट पार्टी भइरहँदा जननेता भण्डारीले नेपालमा कम्युनिस्ट पार्टी बिच पनि प्रतिस्पर्धा हुन सक्ने अवधारणा राखेको जनाए । उनले जबजको १४ बिशेषता बारे चर्चा गरे ।
केन्द्रीय सदस्य दिपा शर्माले ४४ वर्ष कै उम्मेरमा जननेता भण्डारीले ल्याएको जवजको सिद्धान्त बिश्वकै लागि नमुना बनेको बताईन् ।
एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जवजले सञ्चार क्षेत्रलाई स्वतन्त्रताको अधिकार दिएको बताए । नेकपा बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जवज र सन्चार क्षेत्रबीचको अन्तर सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
प्रेस चौतारी बाँकेको अध्यक्षतामा भएको कार्यक्रम प्रेस चौतारी बाँकेका सचिव कमल डांगीले सञ्चालन गरेका थिए । स्व. भण्डारीको जन्म जयन्तीका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।