२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

राप्ती नदीमा पानीको सतह बढ्यो



फाइल फोटो

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा पानीको सतह बढेको छ । दाङको कोइलाबास र त्यस आसपासमा परेको भारी वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको हो ।

स्थानीय खोला तथा नदी नालामा आएको बाढीले राप्ती नदीमा पानीको सतह बढ्दा नदी तटिय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका तटिय क्षेत्रहरु डुवानमा पर्ने गरेका छन् । बाँकेमा यो पटक २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार
ताजा समाचार