नेपालगञ्जमा पनि मनाइयो विश्व योग दिवस

सदरलाइन संवाददाता ७ असार २०७९, मंगलवार १५:३०
 

नेपालगञ्ज : ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । योग समिति नेपालको केन्द्रिय कार्यालय न्युरोडबाट ब्यान्ड बाजासहित निस्केको र्याली सेतु विक चोक न्युरोड, सदरलाइन हँुदै महेन्द्र पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा योगअभ्याससमेत गरिएको थियो । समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराइको सभापतित्वमा भएको कार्र्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिकलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए ।


उनले नेपालगञ्जलाई योगमय बनाउनेसमेत विश्वास दिलाए । उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवादसमेत ज्ञापन गरे ।

कार्यक्रममा योग गुरु भट्टराईले पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको बताए । कार्यक्रममा बाँके आयुर्वेदिक कार्यालयका प्रमुख अनिल चौधरी, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, राजनबहादुर राना मगर लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यूदर उच्च

७ असार २०७९, मंगलवार १५:३०
नेपालगञ्ज : सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यू हुने जोखिम उच्च रहेको चिकित्सकले औँल्याएका छन् । सिकलसेल एनिमिया भएका गर्भवती महिलामा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो । भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डेले अन्य गर्भवती महिलाको भन्दा सिकलसेल एनिमिया […]