होटल व्यवसायी संघ बाँकेको नेतृत्वमा खड्का चयन

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १५:०५
 

नेपालगञ्ज : होटल व्यवसायी संघ बाँके नेपालगञ्जको अध्यक्ष पदमा रंगबहादुर खड्का सर्वसम्मत भएका छन् । यसअघि दुई प्यानलको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिइएपछि सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमका अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा विष्णुप्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मीराज्य शाही, सहकोषाध्यक्षमा केशवकुँवर योगी सर्वसम्मत निर्वाचित भए ।


त्यस्तै, सदस्य पदमा विनोद श्रेष्ठ, धुमबहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दीपा ओली सर्वसम्मत भएको निर्वाचन अधिकृत अधिवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रीय निकुञ्जबाट बन्दुकसहित शिकारी पक्राउ

३१ जेष्ठ २०७९, मंगलवार १५:०५
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै एक जना शिकारीलाई नियन्त्रणमा लिइएको छ । बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले आईतबार ती शिकारीलाई हतियारसहित पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१३ सिम्री बस्ने […]