सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्याए कारबाही हुने

सदरलाइन संवाददाता ३० जेष्ठ २०७९, सोमबार १३:५६
 

नेपालगञ्ज : सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमको लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने गरेको पाइएमा जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही गर्ने भएको छ ।

उक्त क्रियाकलापहरु बढ्दो क्रममा देखिएकोले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जिप्रका बाँकेले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने सुचना मार्फत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा कोभिड नियन्त्रणका बारेमा अभिमुखिकरण

३० जेष्ठ २०७९, सोमबार १३:५६
खजुरा (बाँके) : कोभिड नियन्त्रण सम्बन्धी खजुरामा अभिमुखिकरण गरिएको छ । पछिल्लो केहि दिन यता कोभिडका नयाँ बिरामी भेटिन थालेपछि खजुरामा रहेको नागरिक आरोग्य सेवा केन्द्र खजुराले सरोकारवालाहरु बीच अभिमुखिकरण गरेको हो । खजुरा गाउँ पालिकाको सहयोगमा सन्चालन गरिएको सचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड बाट जोगिन भौतिक दुरिका साथै सरफफाइमा […]

सम्बन्धित