बर्दिया घटनाको छानबिन गर्न समिति गठन

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १४:२०
 

नेपालगञ्ज : गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।


समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहानैदेखि राजापुर–गुलरिया सडकखण्ड अवरुद्ध

२४ जेष्ठ २०७९, मंगलवार १४:२०
बर्दिया : मंगलवार बिहानैदेखि बर्दियाको राजापुर–गुलरिया सडकखण्ड स्थानीयबासीहरूले अवरुद्ध गरेका छन् । बाघ नियन्त्रण र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको बिरोधमा स्थानीयबासीहरूले मंगलबार बिहानैदेखि राजापुर–गुलरिया सडकखण्ड अवरुद्ध गरेका हुन् । सोमबार विहान करिब ९ बजे बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ सोनाहा गाउँमा आफ्नै खेतमा काम गरिरहेकी अवस्थामा अस्मिता थारुलाई बाघले […]