मुगुमा लेक लागेर दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १७:३१
 

नेपालगञ्ज : मुगु कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका–७ महगाउँका १६ बर्षका असल तामाङ र प्रहरी हवल्दार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको हो ।


तामाङ मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए भने सिंह जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्षेनी अकालमा मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ जेष्ठ २०७९, शनिबार १७:३१
नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–४ का ३३ वर्षीय रामचरण थारुलाई प्रहरीले पक्राउ गरेको हो । थारुलाई बाँके जिल्ला अदालतले २०७८ भदौ २२ गते एक वर्ष १० महिना १६ दिन कैदको फैसला गरेको थियो । उनीलाई घरमै लुकीछिपी […]

सम्बन्धित