नेपालगञ्ज : अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शनिवार मनाइएको छ । उत्पीडित जातीय मुक्ति समाज बाँकेले शहीद सेतु विक चोकमा कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।
दिवसमा आयोजित बोल्ने वक्ताहरुले जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै आपत्ती जनाएका थिए । केहीदिन अघि शहिद सेतु विकको शालिकमा गरिएको तोडफोडको घटनाको उनीहरुले निन्दा र भत्र्सना गरेका थिए ।
शहिद सेतुको शालिकमाथिको आक्रमण समग्र दलित समूदायमाथिको आक्रमण भएको उनीहरुको टिप्पणी थियो । कार्यक्रममा एमाले नेता पशुपति दयाल मिश्र, दलित अधिकारकर्मी निर्मला सुनार, पुजन विश्वकर्मालगायतले छुवाछूत अन्त्यका लागि बनेको कानुनलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।