हरिजनको मृत्युबारे मानव अधिकार आयोग अनुसन्धान गर्दै

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १७:०९
 

नेपालगञ्ज : रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जेठ ४ गते कारागारभित्रै मृत्यु भएको थियो ।

आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान शुरु गरेको आयोगका सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।


मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेका थिए ।

आयोगले यो घटनाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेन्ट्रल प्लाजाले नेपालगञ्ज विमानस्थलमा सञ्चालनमा ल्याएको क्यान्टिन अबैधानिक, गुणस्तरहिन खानेकुरा बरामद

२० जेष्ठ २०७९, शुक्रबार १७:०९
नेपालगञ्ज  : नेपालगञ्ज विमानस्थलमा होटल सेन्ट्रल प्लाजाले सञ्चालनमा ल्याएको क्यान्टिन अबैधानिक रुपले सञ्चालनमा रहेको अनुगमनका क्रममा पाईएको छ । खाद्य स्वाच्छताको अवस्थाको बारेमा अनुगमन गर्न शुक्रबार पुगेको टोलीले नेपालगञ्ज विमान स्थलमा होटल सेन्ट्रल प्लाजाले सञ्चालनमा ल्याएको क्यान्टीन पसल व्यवसाय दर्ता नै नगरी गुणस्तर हिन खाद्य पदार्थ राखेर सञ्चालन गरेको पाईएको […]