काँग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:३३
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा संस्थापन समुहका असन्तुष्ट नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यसमितिको बहुमतको निर्णय बिना पार्टीको विधान विपरित कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदिय समिति गठन गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।


बुधबार नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिध राजकुमार बर्मा, निरञ्जन सिंह सिंजापति, नेपाली कांग्रेस बाँके सचिव सन्जु चौधरी, सह सचिव बिनोद थारु, सदस्य अशोक श्रेष्ठ लगायतको टोलीले तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेसको विधान २०१७ संशोधित सहित २०७६ अनुरुप गर्नु पर्ने कार्य समयमै गरी पुर्णता दिनु पर्नेमा सभापति गौडेलले आफु अनुकुलका व्यक्तिहरुको सल्लाहमा कार्यसमितिको बैठकमा बहुमतले पारित नगरेको अवस्थामा उक्त निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले बिरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यौन दुर्व्यवहार गरेको अभियोगमा थारु पक्राउ

१८ जेष्ठ २०७९, बुधबार १७:३३
बर्दिया : बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारु रहेका छन् । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि […]