२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

माता बागेश्वरी बचतद्वारा रक्तदान



नेपालगञ्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गरे ।

रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, बचत तथा ऋण संघ बाँके जिल्ला अध्यक्ष प्रकाश सुवेदी, रंक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतको सहभागिता रहेको संस्थाका प्रबन्ध निर्देशक अम्बिका काफ्लेले जानकारी दिए ।

कार्यक्रममा दुई दर्जनले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार
ताजा समाचार