बाँकेमा आधा पालिका जितेको एमाले शुन्यमा, जोगाउन सकेन राप्रपाले पनि विरासत

सदरलाइन संवाददाता ९ जेष्ठ २०७९, सोमबार १३:२७
 

 

नेपालगञ्ज : बाँकेमा आधा पालिकाल जितेको एमाले शुन्यमा सिमित भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ४ पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउउदै २१ वडामा मात्र सिमित हुन पुगेको छ भने राप्रपाले पनि नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठवटा पालिका रहेको बाँकेमा नेपाली काँग्रेसले सबैभन्दा बढी पालिका जित्न सफल भएको छ । नेपाली काँग्रेसले ५ वटा पालिकामा प्रमुख उपप्रमुख दुबै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जसपाले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने माओवादी केन्द्रले १ पालिका प्रमुख जितेको छ ।

गत निर्वाचनमा कुनै पनि पालिकामा विजय हुन नसकेको माओवादी केन्द्रले भने यस पटक एउटा पालिकाको प्रमुखमा विजयी भएको छ । यसैगरी, गत निर्वाचनमा एउटा पालिका जित्न सफल भएको जनता समाजवादी पार्टीले भने यस पटक सो पालिकामा दोहोरिनुका साथै नेपालगञ्ज उपमहानगरमा उपप्रमुखमा जित हासिल गर्न सफल भएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टीले पुनः विजय भएको छ ।


राप्तीसोनारी गाउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारु, डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुर गाउँपालिका अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा नेपाली काँग्रेसका पूर्ण आचार्य र उपमेयरमा संगिता सुवेदी पौडेल विजयी भएका छन ।

यस्तै, माओवादी–काँग्रेसको गठबन्धन रहेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा काँग्रेसका मन्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भए ।

२०७४ सालको निर्वाचनमा ४ पालिका जितेको एमालेले बाँकेमा पहिलो पटक यो निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । सत्तापक्षीय गठबन्धनका कारण एमाले जिल्लामा शून्यमा झरेको हो । गठबन्धनका बाबजुद पनि बाँकेका ६ वटा पालिकामा एमाले दोस्रो शक्तिको रुपमा आफुलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सूर्य ढकालले बताए ।

यसैगरी, नेपालगञ्ज उपमहानगरमा राप्रपाले आफ्नो विरासत जोगाउन सकेन । राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आफ्नो विरासत जोगाउन अन्तिम समयमा माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाए पनि आफ्नो विरासत जोगाउन सकेनन । बैश्य तेस्रो स्थानमा रहने मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका मेयर उपमेयरले गरे काञ्जिहाउस निरिक्षण, पशुमैत्री बास्थान र पोसिलो आहारा व्यवस्थापन गर्न निर्देशन

९ जेष्ठ २०७९, सोमबार १३:२७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट तथा उपमेयर कमरुद्दीन राईले उपमहानगरले छाडा पशु व्यवस्थापनको लागि सञ्चालनमा ल्याएको नेपालगञ्ज–२१ मा रहेको काञ्जि हाउसको स्थलगत अवलोकन निरिक्षण गरेका छन् । पदभार ग्रहण गरेको दोस्रोदिन काञ्जिहाउस पुगेका नेपालगञ्ज उपमहानगरका मेयर विष्टले त्यहा रहेका गाई, बाच्छा, बाच्छिको अवस्था अत्यन्त दयनिय रहेको पाईएको बताए […]