जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी निर्वाचित

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १७:२०
 

कैलाली : कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार निर्वाचित भएका छन् । लामो समयदेखि कान्तिपुर दैनिक कैलालीको सम्बाददाता भएर काम गरेका पत्रकार गणेश चौधरीले सात हजार एक सय ५१ मत पाएर अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम महतौले पाँच हजार दुई सय ४२ मत पाउँदा एमालेका टंकबहादुर बमले चार हजार दुई सय ४१ मत पाए ।


त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार पाँच सय २६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा माओवादीका जयप्रकाश दहितले चार हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

७ जेष्ठ २०७९, शनिबार १७:२०
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । पश्चिम […]